नेभिगेशन
राजनीति

माओवादीमा फर्किए गंगानारायण

१२ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीको गंगा नारायण श्रेष्ठ समूह माओवादी केन्द्रमा समाहित भएको छ । 

सोमबार माओवादी अध्यक्ष प्रचण्ड र नेसपाका श्रेष्ठले पाँचबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । यो सहमति अनुसार श्रेष्ठले माओवादीमा सचिवको जिम्मेवारी पाउने छन् भने अरु नेताहरुलाई पनि सम्मानजनक जिम्मेवारी दिइनेछ ।

ne-sa-pa-and-maobadi-1748246634.jpg
 

श्रेष्ठ, माओवादीकै पूर्व नेता हुन् । २०७२ असोजमा डा. बाबुराम भट्टराईले माओवादी छाडेपछि श्रेष्ठ पनि उतै लागेका थिए । नयाँ शक्तिमा लागेका देवेन्द्र पौडेल,कल्पना धमला, खिमलाल देवकोटा लगायतका नेता कार्यकर्ता यसअघि नै माओवादी फर्किएका थिए । 

तर श्रेष्ठ, भट्टराईसँगै रहे । पछिल्लो पटक भट्टराईले उपेन्द्र यादव नेतृत्वको जसपा फुटाएर नेसपा बनाउँदा सहअध्यक्षको जिम्मेवारी पाए । 

२०७९ मंसिरको चुनावको समयमा माओवादी र नेसपाबीच पार्टी एकता गर्ने सहमति पनि भएको थियो । त्यसअनुसार नसपाका नेताहरुले माओवादीकै चुनाव चिन्हबाट चुनाव लडे । प्रदेश सभा सदस्यको चुनाव जितेका श्रेष्ठ, बागमती प्रदेशको आन्तरिक मामिलामन्त्री समेत भए ।

तर चुनावपछि प्रचण्ड र भट्टराईको दुरी बढ्यो । भट्टराई विस्तारै एकताको विपक्षमा देखिए । त्यसपछि अर्का अध्यक्ष महेन्द्र राय यादव र श्रेष्ठले एकताको पक्षमा उभिए, भट्टराईबाट अलग भए ।

त्यसबेला तत्काल एकता गर्ने भनिएको थियो । तर त्यो पनि सहज भएन । पछिल्लो पटक प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले पार्टीको नाम परिर्वतन गरेर मात्र एकता गर्नुपर्ने अडान राखे । 

यही शर्तका कारण एकता हुन गाह्रो भएपछि आफूहरु अगाडि बढेको श्रेष्ठले बताए । माओवादी अध्यक्ष प्रचण्डले पनि महेन्द्र राय यादवसँग सम्वाद भइरहेको र उनी पनि माओवादीमै आउने बताएका छन् । 

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति