प्राज्ञहरुलाई शिक्षामन्त्रीको आग्रह : घाँस नखानुस्
                                                                    
                                
                            १२ जेठ, काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले बुद्धिजिवीहरुलाई घाँस नखान सल्लाह दिएका छन् । त्यसो गर्यो भने राजनीतिक नेताहरुले घाँस मात्र खुवाइराख्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसको शिक्षा विभागले सोमबार राखेको छलफलमा मन्त्री पन्तले आफू संयोगले शिक्षामन्त्री भएको बताए । विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिनुअघि आफूले शिक्षकहरुसँग भएको सहमतिको अध्ययन गरेकाले उच्च शिक्षालाई कता लैजाने भनेर गम्भीरतापूर्वक हेर्न नपाएको जानकारी दिए ।
निजी क्षेत्रलाई नियमन गर्नुपर्नेमा जोड दिएका उनले युवाहरुलाई कसरी देशमा टिकाइराख्ने भन्ने हेर्नुपर्ने बताए । यसका लागि विभिन्न देशको अभ्यासबारे आफूले अध्ययन गरिरहेको सुनाए ।
उनले भक्तपुरको ख्वप विश्वविद्यालयलाई सम्बन्धन दिन मन लागेको, तर स्थानीय निकायले विश्वविद्यालय चलाउने कानुन नभएकाले क्याबिनेटले फर्काएको बताए ।
आफू विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रताको पक्षमा रहेको समेत उनले बताएका छन् । साथै शिक्षा क्षेत्र राम्रो बनोस् भनेर चाहने विद्यार्थी भएको भन्दै सल्लाह दिन आग्रह गरे ।
तर बुद्धिजिवीहरुले घास खान नहुने बताए । उनले भने, बुद्धिजिवी साथीहरु, प्राज्ञहरु, घाँस नखानुस् । घाँस खान खोज्नुभयो भने पोलिटिसियनले घाँसै खुवाएर चलाइराख्छन् ।’
घाँस नखाने अठोट बुद्धिजिवीहरुले गर्नुपर्ने शिक्षामन्त्री पन्तले भने, ‘भीसी चाइन्छ, डिन चाहिन्छ, रेक्टर चाहिन्छ भनेर दौडधुप गरेर लौ न बनाइदेउ भनेपछि उनीहरुले छान्ने भए नि !’
उनले लौन सर तपाई भीसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री आउने अवस्था बनाउनुपर्नेमा जोड दिए । 
 
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



