राजनीति
गृहमन्त्रीबारे रास्वपा : हामी प्रश्न सोध्छौं, त्यसपछि जवाफ सुनौंला
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले जवाफ दिनु अगाडि प्रश्न सोध्ने बताएको छ ।
प्रतिनिधिसभा (संसद)को बैठक भोलि १३ गते बोलाइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा जवाफ दिने तयारी गरेका छन् ।
रास्वपा संसदीय दलको बैठकले भने भिजिट भिसा प्रकरणलाई सशक्त रुपमा उठाउने निर्णय गरेको छ । सांसद मनिष झाले भने, प्रश्न त सोध्न पाउनुपर्यो । प्रश्न नै सोध्न नपाई जवाफ दिएर लुसुक्क हिँड्ने हुँदैन । हामीसँग केके प्रमाण छ भनेर उहाँलाई के थाहा छ ?’
रास्वपाले पार्टी सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला सहकारी प्रकरणमा बोल्न दिनुस्भन्दा कांग्रेसले संसदको २२ वटा बैठकसम्म नदिएको स्मरण गरे । यद्यपि रास्वपाले त्यसो नगर्ने र आफ्नै चरित्र संसदमा देखाउने बताए ।
प्रकाशित मिति:
सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





