गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध
                                                                    
                                
                            भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् ।
मंगलबार संसदको बैठक सुरु हुनासाथ विपक्षी सांसदहरुले उठेका थिए । सभामुखले समय दिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे । उनले भने, 'उहाँको संलग्नता भनेर दाबी गरिरहेका छैनौं । तर राजीनामा दिएर मार्गप्रशस्त गर्न विनम्र अनुरोध गर्दैछौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । यो नागरिकता लिन गएका नागरिकमाथि एउटा कर्मचारीले घुस मागेको जस्तो विषय नभएको भन्दै उनले भने, ‘कर्मचारीदेखि एयरलाइन्स कर्मचारीसम्मको संलग्नता छन् । त्यसैले गृहमन्त्रीको राजीनामा आउनुपर्छ ।’
यो संगठित रुपमा भएकाले उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने उनले बताए । त्यसो नभएसम्म संसद चल्न नसक्ने बताए ।
विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु उभिएर संसद अवरोध गरिरहेका थिए । त्यही बेला सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिएका थिए । तर विपक्षीहरुले गृहमन्त्रीको राजीनामा गर्दै नाराबाजी गरे ।
सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



