गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् ।
मंगलबार संसदको बैठक सुरु हुनासाथ विपक्षी सांसदहरुले उठेका थिए । सभामुखले समय दिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे । उनले भने, 'उहाँको संलग्नता भनेर दाबी गरिरहेका छैनौं । तर राजीनामा दिएर मार्गप्रशस्त गर्न विनम्र अनुरोध गर्दैछौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । यो नागरिकता लिन गएका नागरिकमाथि एउटा कर्मचारीले घुस मागेको जस्तो विषय नभएको भन्दै उनले भने, ‘कर्मचारीदेखि एयरलाइन्स कर्मचारीसम्मको संलग्नता छन् । त्यसैले गृहमन्त्रीको राजीनामा आउनुपर्छ ।’
यो संगठित रुपमा भएकाले उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने उनले बताए । त्यसो नभएसम्म संसद चल्न नसक्ने बताए ।
विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु उभिएर संसद अवरोध गरिरहेका थिए । त्यही बेला सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिएका थिए । तर विपक्षीहरुले गृहमन्त्रीको राजीनामा गर्दै नाराबाजी गरे ।
सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।
कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र
बालेनले किन अस्वीकार गरे पब्लिक डिबेट ?






