गृहमन्त्रीको प्रश्न : कर्मचारीमाथि अनुसन्धान गर्दा मन्त्रीले राजीनामा दिनुपर्ने हो ?
                                                                    
                                
                            १४ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले एउटा कर्मचारीमाथि छानबिन गर्दा विभागीय मन्त्रीले राजीनामा दिने थिती बसाल्न नहुने बताएका छन् ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । यो विवाद आएपछि गृहमन्त्री लेखकले संसदमा बोल्न समय मागेका थिए । तर विपक्षी दलहरुले लगातार संसद अवरुद्ध गर्दा उनले बोल्न पाएका छैनन् ।
संसद भवन परिषरमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले अख्तियारले पक्राउ गरेका अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईलाई आफूले गृहमा नल्याएको बताए । तीन वर्षदेखि उनी गृह मन्त्रालयको महत्वपूर्ण भूमिकामा रहेको भन्दै उनले को गृहमन्त्री हुँदा कुन जिम्मेवारी दिइएको थियो भनेर फेहरिस्त सुनाए ।
अख्तियारले पक्राउ गर्नुभन्दा अगाडि भएको भट्टराईको सरुवा नियमित भएको उनले बताए ।
स्वकीय सचिव विमल पौडेलका सन्दर्भमा लेखकले अदालतले सफाइ दिइसकेपछि जिम्मेवारी नदिनु दण्डनीय हुने कानुनी व्यवस्था रहेको बताए ।
तर भिजिट भिसा प्रकरणमा आफ्नो विषयमा कतै उजुरी नपरेको, कुनै निकायले छानबिन समेत नगरेको भन्दै गृहमन्त्री लेखकले राजनीतिक प्रतिशोध राखेर लान्छना लगाइएको दाबी गरे ।
उनले अगाडि भने, ‘एक जना कर्मचारीमाथि अनुसन्धान गर्ने क्रममा मन्त्रीले राजीनामा गर्दै जाने विधि र पद्धती स्थापित गर्ने हो त ?’
रवि लामिछाने गृहमन्त्री भएको बेला आफूले बोलेको विषयलाई अहिले चर्चामा ल्याएकोमा पनि आफ्नो ध्यानाकर्षण भएको उनले बताए । लेखकले भने, ‘त्यो परिवेश र आजको परिवेशमा आधारभूत फरक छ ।’
आफ्नो मन्त्रालय मातहतको निकायले नभई अख्तियारले अनुसन्धान गरिरहेको भन्दै उनले यसमा आफ्नो र मन्त्रालयको सहयोग रहने बताए । 
 
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



