सरकारले ल्यायो १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठसहित)
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्ष चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएका छन् ।
यो मध्ये ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुनेछ । आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ५.१ प्रतिशत बढी हो ।
बजेटको स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ संकलन हुने अर्थमन्त्रीको अनुमान छ ।
त्यस्तै वैदेशिक अनुदान ५३ अर्ब रुपैयाँ, वैदेशिक ऋण २ खर्ब ३३ अर्ब ६६ करोड र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब रुपैयाँ उठाइने अर्थमन्त्री पौडेलले बताएका छन् ।
यो बजेट कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हुने र मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित हुने अर्थमन्त्रीको भनाइ छ ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

