सरकारले ल्यायो १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्ष चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएका छन् ।
यो मध्ये ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुनेछ । आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ५.१ प्रतिशत बढी हो ।
बजेटको स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ संकलन हुने अर्थमन्त्रीको अनुमान छ ।
त्यस्तै वैदेशिक अनुदान ५३ अर्ब रुपैयाँ, वैदेशिक ऋण २ खर्ब ३३ अर्ब ६६ करोड र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब रुपैयाँ उठाइने अर्थमन्त्री पौडेलले बताएका छन् ।
यो बजेट कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हुने र मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित हुने अर्थमन्त्रीको भनाइ छ ।

राष्ट्रपति र प्रधानसेनापतिलाई प्रचण्डको धन्यवाद

जेनजी आन्दोलनबाट यो संविधान खारेज नगर्नु गम्भीर चुक भयो : राप्रपा

सीके राउतको राजीनामा मागेका जनमतका ६ पदाधिकारीले दिए राजीनामा

सीके राउतलाई नेताहरुको आग्रह : २४ घण्टाभित्र राजीनामा दिनुस्

हर्क साम्पाङ किन रिसाए बालेनसँग ?
