रास्वपा : गृहमन्त्रीको राजीनामा बटमलाइन
१६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानविन समिति आफ्नो बटमलाइन भएको बताएको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । रास्वपा प्रमसख सचेतक सन्तोष परियारले संवैधानिक दायित्व महशुस गरेर संसदमा बजेट प्रश्तुत गर्न दिएको जिकिर गरे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्नेमा आफूहरूले अडिग रहेको उनले बताए । भिजिट भिसा प्रकरणमा थप सूचनाहरु समेत आएको भन्दै उनले भने, हाम्रो आन्दोलनका मुद्दाहरूको सम्बोधन हुनुपर्यो, अनि मात्रै सदन अगाडी जान्छ ।’
भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको आरोपमा अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । यसअघि भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी गृहमन्त्री लेखकको सचिवालयमा रहेको पनि खुलेको छ ।
यससँगै रास्वपासहित विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका छन् ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

