राजावादीलाई रोक्न नारायणहिटी आसपास निषेधित क्षेत्र
१६ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी संग्रहालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत विभिन्न समूह तथा पार्टीहरुले शनिबारको प्रदर्शन दरबारमार्गमा महेन्द्र शालिक अगाडि गर्ने घोषणा गरेका थिए ।
त्यही आन्दोलनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नारायणहिटी दरबार संग्रहालय आसपासका क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई अनसन, धर्ना घेराउ, जुलुस प्रदर्शन गर्न कार्यक्रम गर्न निषेध आदेश जारी गरेको हो ।
प्रशासन कार्यालयले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल सिनेमा हलको मोडसम्म प्रदर्शन गर्न रोक लगाएको छ ।
त्यस्तै महेन्द्र शालिक हुँदै नारायणहिटी संग्रहालयको गेटसम्म पनि प्रदर्शन गर्न पाइने छैन ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिले जेठ १५ देखि नियमित प्रदर्शन गर्दै आइरहेको छ।
जेठ १५ गते रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका राजावादीले शुक्रबार माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका थिए ।

राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

