कमल थापा पक्राउको विरोधमा राजावादीले गरे उपत्यका बन्दको घोषणा
राजसंस्था पक्षधर जनआन्दोलन समितिले सोमबार उपत्यका बन्दको घोषणा गरेको छ । आइतबारको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत पक्राउ परेको विरोधमा जनआन्दोलन समितिले सोमबार उपत्यका बन्दको घोषणा गरेको हो ।
जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार साँझ एक विज्ञप्ति जारी गरी उपत्यका बन्दको घोषणा गरेका हुन् ।
‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं’, सुवेदीले विज्ञप्तिमा भनेका छन् ।
राजसंस्था पक्षधरको प्रदशनका क्रममा आइतबार नक्सालमा प्रहरी प्रधान कार्यालय बाहिरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहति ७ जना पक्राउ परेका थिए ।
त्यस्तै थापालाई हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जनआन्दोलन समितिले पक्राउ परेका सबैलाई रिहा गर्न माग गरेको छ ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?





