नेभिगेशन
राजनीति

माइतीघर फेरि निषेधित क्षेत्र, सिफलचौर सहित ३ ठाउँ मात्र प्रदर्शनस्थल

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको ३ ठाउँबाहेक अन्यत्र प्रदर्शन गर्न रोक लगाएको छ । 

आइतबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गरी सिफलचौर, कोटेश्वरदेखि बालकुमारी र बल्खु क्षेत्रबाहेक अन्यत्र प्रदर्शन गर्न रोक लगाएको जनाएका छन् । यो आदेश २ महिनासम्मका लागि भएको उनले उल्लेख गरेका छन् । 

सार्वजनिक विरोधका कार्यक्रमबाट अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र यातायात सञ्चालनमा कठिनाइ भएको गुनासो आएको भन्दै प्रशासन कार्यालयले माइतीघर, शान्तिवाटिकासहित उपत्यकामा प्रदर्शन हुँदै आएका ठाउँहरुमा अब प्रदर्शन गर्न रोक लगाएको हो । 

सिफलचौर, कोटेश्वरदेखि बालकुमारी र बल्खुबाहेक अन्यत्र जेठ १९ देखि धर्ना, जुलुस, अनशन, घेराउ, प्रदर्शन गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताएका छन् । 

यसअघि सरकारले २०८० मंसिरमा पनि माइतीघरदेखि बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

त्यस भन्दा पहिले २०७४ सालमा केपी शर्मा ओली प्रधानमन्त्री र रामबहादुर थापा बादल गृहमन्त्री भएका बेला पनि सिफलचौर लगायत मुख्य शहरबाट टाढाका ठाउँहरुलाई प्रदर्शनस्थल तोक्दै माइतीघर, रत्नपार्क आदि क्षेत्रमा प्रदर्शन गर्न नपाइने घोषणा गरेको थियो । 

हेर्नुहोस् प्रशासन कार्यालयको सूचना

ktm-cdo-notice-1748791241.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति