एमाले सांसदलाई ओलीको निर्देशन : यसरी संसद अवरोध चल्दैन, तपाईंहरु तयार हुनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुले गर्ने संसद अवरोध नमान्ने बताएका छन् । विपक्षी दलहरुले नाराबाजी गरे पनि संसद अगाडि बढाउने भन्दै उनले एमाले सांसदहरुलाई तयार भएर बस्न निर्देशन दिए ।
संसदमा मंगलबारदेखि बजेटमाथि छलफल सुरु गर्ने तयारी छ । तर भिजिट भिसा मार्फत वैदेशिक रोजगारीमा जानेहरुमाथि भएको ठगीमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले उनको राजीनामा मागेका छन् । गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै संसद अवरोध गर्दै आइरहेका छन् ।
सोमबार एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले नचाहिने कुरामा संसद अवरोध गरेको बताए ।
‘केही तथ्य प्रमाणले गृहमन्त्रीलाई छुनुपर्यो, केहीले छोएको छैन । एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे भनेको भरमा .... यस्ता कुराले संसद अवरोध हुँदैन, तपाईंहरु मेन्टल्ली तयार भएर बस्नुस् । यसरी संसद अवरोध चल्दैन’, ओलीले भने ।
प्रधानमन्त्री ओलीले विपक्षी सांसदहरु कराए पनि संसद अगाडि बढाउनुपर्ने बताए ।
संसद खुलाउने विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न खोज्दा उनी सम्पर्कमा नै नआएको ओलीले बताए ।
‘भोलि संसद चलाऔं भनेर कुरा गर्न खोजेँ प्रचण्डजीसँग । लिडरहरुका बीचमा छलफल गरौं भनेर । तर उहाँ सम्पर्कमा आउन चाहनुभएको छैन । उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरै खोजी गर्दा पनि फेला पर्नुभएको छैन । उहाँहरु कुरा नगर्ने बन्द गर्ने मुडमा हुनुहुन्छ होला’, प्रधानमन्त्री ओलीले भने ।

संसदीय समितिमा रमिता, टेबल ठोकाठोक र बाझाबाझ

भौतिक पूर्वाधारको बजेटमा ओली र देउवाका लागि विशेष प्याकेज

माओवादी र सत्तापक्षबीच सहमति, रास्वपाको नाराबाजीकै बीच संसद सञ्चालन

संसदको अवरोध खुलाउन दलहरु सहमति नजिक, के छ रास्वपाको अडान ?

संवैधानिक आयोगको पदाधिकारीको मुद्दामा निर्णय सुनाउने दिन सर्यो
