शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन, गृहमन्त्रीको राजीनामामा अड्कियो संवाद
१९ जेठ, काठमाडौं । संसदको गतिरोध अन्त्यबारे तीन दलका शीर्ष नेताहरुबीच भएको छलफल विना निष्कर्ष टुंगिएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । यसबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।
प्रधानमन्त्रीको कार्यालय, सिहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीसँगै कांग्रेस नेताहरुले संसदको अवरोध हटाउन आग्रह गरेका थिए । ‘संसद खोल्नुपर्छ भन्ने आयो । सम्मानीय प्रधानमन्त्रीज्यूले पनि राख्नुभयो’ माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘अब राजीनामा होइन, संसद खोलेर अगाडि बढ्नुपर्छ भन्ने उहाँहरुको कुरा आयो ।’
माओवादी नेताहरुले भने गृहमन्त्रीको राजीनामा सुशासनसँग जोडिएको बताएका छन् ।
निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने आफूहरुको अडान रहेको भन्दै उनले भने, ‘कुनै सहमति भएन, छलफल गर्दै जाने भन्ने भएको छ ।’
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

