संसद अवरोध खोल्न विपक्षी दलका ३ बुँदे प्रस्ताव, गृहमन्त्रीलाई बोल्न दिन तयार
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलले आज पनि संसद अवरुद्ध गर्ने भएपछि संसद बैठक बस्न ढिलाइ भएको छ ।
विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने प्रस्ताव गरेका छन् ।
माओवादी सांसद लेखनाथ दाहालका अनुसार विपक्षी दलहरुले सबै दलको तर्फबाट बोल्ने र गृहमन्त्रीलाई पनि जवाफ दिन दिने प्रस्ताव गरेका छन् । तर त्यसअगाडि सरकार संसदीय वा न्यायिक समिति गठन गर्ने प्रतिवद्धता जनाउनुपर्नेे विपक्षी दलहरुको शर्त छ ।
‘अनुसन्धान प्रक्रियालाई निष्पक्ष बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने जारी छ’, उनले भने, ‘तर छानबिन समिति गठन गर्न सरकार तयार भयो भने संसदको अवरोध खोल्न तयार छौं ।’
अध्यागमनमार्फत श्रृंखलावद्ध रुपमा भएको मानव तस्करीको छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति बनाउनुपर्ने विपक्षीहरुको अडान छ ।
प्रतिनिधिसभामा मंगलबारदेखि बजेटमाथि छलफल गर्ने तयारी थियो । विपक्षी दलले आफूहरुको अडान सभामुख देवराज घिमिरेलाई सुनाएपछि उनले संसदमा रहेका दलहरुसँग छलफल गरेका छन् ।
विपक्षी दलहरुले संसद अवरोध गर्ने अडान राखिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने नाजायाज माग राखेर संसद अवरोध गरेको भन्दै जसरी पनि सञ्चालन गर्ने बताएका छन् ।
उनले त्यसका लागि तयार रहन सोमबार एमाले सांसदहरुलाई निर्देशन पनि दिएका थिए ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



