काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि सेवाबाट निलम्बन गर्ने निर्णय गरेका हुन् ।
पाण्डेमाथि जाँचबुझ गर्न एक समिति पनि गठन गरिएको छ ।
गत २१ चैतमा पाण्डे नेतृत्वको प्रहरी बलले कार्यालय हाजिर हुन गएका प्रशासकीय अधिकृत गुरागाईंलाई रोकेको थियो । काठमाडौं टावरको नक्सापास विवादपछि मेयर बालेन शहाले गुरागाईंलाई हाजिर हुन दिएका थिएनन् । कार्यालयमै ताल्चा ठोकिएको थियो ।
तर, कर्मचारीहरुले ३ महिनासम्म तलब समेत नपाएपछि वडाध्यक्षहरुले नै गुरागाईंलाई कार्यालय हाजीर गराउन बोलाएका थिए । कार्यालय पुगेका प्रमुख प्रशासकीय अधिकृतलाई पाण्डले माथिको आदशे भन्दै रोकेका थिए ।
मेयर शाहको आदेशमा आफूलाई रोक्न नगरप्रहरी प्रमुख नै तम्सिएपछि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टकीकरण चित्त बुझ्दो नभएको भन्दै गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन् ।
पाण्डेले मंगलबार नै निलम्बनको पत्र बुझेका छन् । मेयरमा बालेन शाह निर्वाचित भएपछि पाण्डे नगर प्रहरी प्रमुखमा नियुक्त भएका थिए ।
मेयरसँग राम्रो सम्बनध बनाएका पाण्डेको प्रमुख प्रशासकीय अधिकृतसँग सम्बन्ध चिसिएको थियो । अहिले कार्यालयमा गैरकानुनी गतिविधि र हुलहुज्जत गरेको अभियोगमा पाण्डे निलम्बित भएका हुन् ।
महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग छ । प्रमुख प्रशासकीय अधिकृतको निर्देशन मान्नु महानगर प्रहरीको कर्तव्य हुने ऐनमा उल्लेख छ ।
तर, पाण्डेले आधारभूत कर्तव्य समेत पूरा नगरेको भन्दै निलम्बनको निर्णय भएको हो । निलम्बनपछि संक्षिप्त कुराकानी गर्दै पाण्डेले आफूले मेयरको आदेश पालना गर्दा निलम्बन गरिएको बताए । ‘मेरो आमा गम्भीर बिरामी भएर अस्पतालमा हुनुभएको बेला यस्तो निर्णय भयो, यो दुखःद हो,’ उनले भने ।
अब पाण्डेका स्थानमा विष्णु जोशी महानगर प्रहरी प्रमुख नियुक्त भएका छन् ।
नि:शर्त एमाले फर्किने रामकुमारी झाँक्री समूहको घोषणा
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय


-1761836913.jpg)


-1762264790.jpg)
