राजावादीको कार्यक्रममा होहल्ला, लिङ्देन गएनन्, बोल्दै नबोली हिँडे कमल थापा
राजसंस्था पक्षधरको आन्दोलनबारे समीक्षा गर्न आयोजित कार्यक्रममा होहल्ला भएको छ । होहल्लापछि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बीचैमा कार्यक्रम स्थगित गरेका छन् ।
संयोजक सुवेदीले आन्दोलनको समीक्षाका लागि सुकेधाराको नवदुर्गा पार्टी प्यालेसमा कार्यक्रम राखेका थिए । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री राजेन्द्र गुरुङ, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्टलगायत सहभागी थिए ।
कार्यक्रम चलिरहँदा सहभागीहरुले होहल्ला गरेका थिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोल्न लाग्दा पनि सहभागीले होहल्ला गरेपछि उनी बोल्दै नबोली हिँडेका थिए । त्यसपछि नवराज सुवेदीले कार्यक्रम स्थगित गरे ।
सुवेदीले अब छिट्टै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताए । ‘सानो कमिटी बनाएर आजै छलफल गरेर आन्दोलन कसरी हुन्छ भन्ने भरेसम्म जानकारी दिइसक्छु’, उनले भने, ‘मैले जुन उद्देश्यले बोलाएको थिएँ, त्यो हुन सकेन ।’
कार्यक्रम स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै एक सहभागीले अहिलेको नेतृत्वले आन्दोलन अघि बढाउन नसक्ने बताए ।
नेतृत्वकै कारण गत चैत १५ गते तीनकुनेको आन्दोलनमा जनधनको क्षति भएको र त्यसको दोष राजसंस्था पक्षधरले बोक्नुपरेको बताए ।
आजको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने सहभागी थिएनन् ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

