राजनीति
आज पनि बसेन संसद बैठक, गृहमन्त्रीलाई बोल्न नदिने विपक्षी दलको अडान
विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामाको अडान नछाडेपछि प्रतिनिधिसभाको बैठक आज पनि बस्न सकेन । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्म बस्न नसकेपछि सूचना टाँसेर बिहीबार दिउँसो १ बजेसम्मलाई सारिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र यो प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेका छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रतिपक्षी दलहरु संसदमा गृहमन्त्रीलाई सुन्न तयार नभएको, राजीनामा र छानबिन समितिको अडान राखिरहेकाले आजको बैठक पनि बस्न नसकेको बताए ।
यसअघि मंगलबार बोलाएको बैठक पनि दलहरुबीच सहमति हुन नसक्दा बस्दै नबसी स्थगित भएको थियो ।
प्रकाशित मिति:
बुधबार, जेठ २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





