राजनीति
आज पनि बसेन संसद बैठक, गृहमन्त्रीलाई बोल्न नदिने विपक्षी दलको अडान
विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामाको अडान नछाडेपछि प्रतिनिधिसभाको बैठक आज पनि बस्न सकेन । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्म बस्न नसकेपछि सूचना टाँसेर बिहीबार दिउँसो १ बजेसम्मलाई सारिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र यो प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेका छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रतिपक्षी दलहरु संसदमा गृहमन्त्रीलाई सुन्न तयार नभएको, राजीनामा र छानबिन समितिको अडान राखिरहेकाले आजको बैठक पनि बस्न नसकेको बताए ।
यसअघि मंगलबार बोलाएको बैठक पनि दलहरुबीच सहमति हुन नसक्दा बस्दै नबसी स्थगित भएको थियो ।
प्रकाशित मिति:
बुधबार, जेठ २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
आइतबार, कात्तिक १६, २०८२
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
आइतबार, कात्तिक १६, २०८२
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
शनिबार, कात्तिक १५, २०८२
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
शनिबार, कात्तिक १५, २०८२
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
बिहीबार, कात्तिक १३, २०८२
महाकालीको किनारमा विपिन अन्तिम बिदाइ
मंगलबार, कात्तिक ४, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)



