पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
२२ जेठ, काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुटको जग्गा बिक्री गर्न अनुमति दिएको अभियोगमा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालसहित विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यो प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंह, पूर्व भूमिसुधार सचिव छविराज पन्तसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुसँग १८ करोड ५८ लाख रुपैयाँ बिगोमाग गरिएको छ ।
पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरेको मृत्यु भइसकेकाले उनीहरुलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएको छैन । तर बिगो असुल गर्न पूर्वमन्त्री श्रेष्ठका छोरा सन्तोष श्रेष्ठ र पूर्वमुख्यसचिव घिमिरेकी पत्नी कमला घिमिरेलाई विपक्षी बनाइएको छ ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

