पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
२२ जेठ, काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुटको जग्गा बिक्री गर्न अनुमति दिएको अभियोगमा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालसहित विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यो प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंह, पूर्व भूमिसुधार सचिव छविराज पन्तसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुसँग १८ करोड ५८ लाख रुपैयाँ बिगोमाग गरिएको छ ।
पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरेको मृत्यु भइसकेकाले उनीहरुलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएको छैन । तर बिगो असुल गर्न पूर्वमन्त्री श्रेष्ठका छोरा सन्तोष श्रेष्ठ र पूर्वमुख्यसचिव घिमिरेकी पत्नी कमला घिमिरेलाई विपक्षी बनाइएको छ ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



