भिजिट भिसा प्रकरण : छानबिनको भरपर्दो प्रतिवद्धता आए संसद खोल्न विपक्षी दलहरु तयार
                                                                    
                                
                            विपक्षी दलहरु भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भरपर्दो प्रतिवद्धता सरकारले जनाए संसद खोल्न तयार भएका छन् ।
संसदको अवरोधबारे विपक्षी दलहरुबीच छलफल भएको थियो । बैठकले भरपर्दो छानबिनको सरकारी प्रतिवद्धता आए सकारात्मक ढंगले टुंग्याउन सकिने निष्कर्ष निकालेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।
बैठकले यसबारे सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्वाद गर्ने निर्णय समेत गरेको छ ।
विपक्षी दलहरुको बैठकलगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरुले प्रचण्डसँँग छलफल गरेका थिए । संसदको बैठक स्थागित गरेर थप छलफल गर्ने समझदारी नेताहरुबीच भएको छ ।
प्रचण्डका अनुसार छानबिन गर्न कांग्रेस पनि सकारात्मक देखिएको छ । तर संसदीय समिति बनाउने कि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग बनाउने भन्ने सहमति भइसकेको छैन । ‘अख्तियारले पनि छानबिन गरिरहेकाले अदालतमा मुद्दा दर्ता भएसम्म हुन्न कि तर्क पनि कांग्रेसको छ’, उनले भने ।
भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । विगतमा भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी गृहमन्त्री रमेश लेखकको सचिवालयमा समेत रहेको खुल्यो । त्यसपछि विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



