पतञ्जलिको मुद्दामा प्रचण्ड : प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आयो

२३ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुपष्पकमल दाहाल प्रचण्डले पतञ्जलिको विषयमा दायर भ्रष्टाचार मुद्दामा राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेतलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले माधव नेपाल स्वयंले अदालतप्रति भरोसा छ, सफाइ पाएर आउँछु भनेको स्मरण गरे । ‘तर कुरा के छ भने प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ’ उनले भने ।
यसका साथै मन्त्रिपरिषदको निर्णय अख्तियारले हेर्ने कि नहेर्ने भन्ने नीतिगत र सैद्धान्तिक प्रश्न पनि रहेको बताए । ललिता निवास प्रकरणमा अख्तियारले नै प्रधानमन्त्री र मन्त्रिपरिषदको निर्णय आफ्नो क्षेत्राधिकार भन्दा बाहिर भएकाले जे गर्नु छ क्याबिनेटले गरोस् भनेर आफू प्रधानमन्त्री हुँदा पत्र नै लेखेको भन्दै उनले भने, 'अहिले त्यसमै प्रवेश गरेकोले प्रश्न उठेको छ ।’
यो नजीर कायम रहेमा जोसुकै पनि छानबिनको दायराभित्र आउनसक्ने उनले बताए । ०६४ यताका सबै प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति छानबिन हुनुपर्छ भनेर आफूहरुले भन्दै आएको उनले स्मरण गरे ।
तर अख्तियारको प्रश्नले नीतिगत र सैद्धान्तिक रुपमा बहस उठेको प्रचण्डले बताए ।
-1754133271.jpg)
रेशम चौधरीको महत्वाकांक्षाले पार्टी नै तहसनहस

शेखरको मुभ कत्तिको परिपक्व ?

बागमतीमा लामाले मुख्यमन्त्री नछाडे के हुन्छ ?

मुख्यमन्त्रीलाई हराउँदै दल नेता बने बानियाँ

बागमतीका मुख्यमन्त्रीले गुमाए पार्टीभित्रै बहुमत
