नेभिगेशन
राजनीति

‘राजा’ फर्काएरै छाड्ने भन्थे, ६ दिनमै शिथिल भयो आन्दोलन

राजतन्त्र र हिन्दु राष्ट्र पक्षधरले अनिश्चितकालीन आन्दोलन घोषणाका क्रममा वैशाख २५ गते तीनबुँदे प्रतिवद्धता र नौं बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 

संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सानातत हिन्दु राष्ट्र अनि केन्द्रमा बलियो सरकार र अधिकारसम्पन्न स्थानीय तह गरी दुई तहको सरकार स्थापना गर्ने उनीहरुको प्रतिवद्धता थियो । 

यसका लागि जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने उनीहरुको घोषणा थियो । 

आन्दोलन घोषणासभामा नेताहरु यति उत्साहित भए कि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र पक्षधर दलहरुलाई सम्झौतामा आउन वा भाग्न तयार हुन चेतावनी समेत दिएका थिए ।

गणतन्त्र र राजतन्त्रको पक्षमा ध्रुवीकरण सुरु भएको भन्दै उनले कांग्रेस, एमाले, माओवादी वा अरु पार्टीमा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा रहेकाहरु आउन र राजवादी दल वा समूहमा रहेका गणतन्त्रको पक्षमा रहेकाहरुलाई छाडेर जान आग्रह गरे । 

अनि चेतावनीको भाषामा भने, देश एउटा टुंगोमा पुगेको छ, सम्झौताका लागि तयारी गरिहाल्नुस् । होइन भने भाग्न तयार हुनुपर्छ । 

राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि के कम ? जेठ १५ गते २ लाख जनता काठमाडौंको सडकमा उतारेर हिन्दु राष्ट्र र राजसस्ंथा पुनस्र्थापना गरिछाड्ने दाबी गरे । 

यो त भाषण थियो । वास्तविकतामा २ लाख होइन, २० हजार मान्छे पनि सडकमा आएनन् । आन्दोलनको पहिलो दिन ८/९ हजार मानिस सडकमा आएका थिए, तर दोस्रो दिनबाट सहभागी घट्दै गए । 

अनिश्चितकालीन भनिएको आन्दोलन ६ दिनमै सकियो । अनि, आन्दोलन समितिमै भाँडभैलो सुरु भयो । 

अहिले उपत्यकाकाका स्थानीय तह र जिल्ला जिल्लामा आन्दोलन गर्ने त भनिएको छ, तर कहिले भन्ने कुनै टुंगो छैन । नेताहरुका अनुसार तत्काल सडकमा आउने सम्भावना छैन । 

किन पानी पनि भन्न पाएन त राजवादी आन्दोलनले ? थप जानकारी भिडियोमा :  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति