एमालेको विद्यार्थी संगठनमा सर्वसम्मति अस्वीकार, भोलि मतदान हुने
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि चुनाव हुने भएको छ ।
माउ पार्टी एमालेले सर्वसम्मत नेतृत्व छनोट गर्न आग्रह गरे पनि प्रतिनिधिहरुले असहमति जनाएपछि चुनाव हुन लागेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा भइरहेको अधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व छनोट गर्ने भन्दै पदाधिकारीको नाम सुनाएको थियो । जसमा अध्यक्षमा सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी र महासचिवमा दीपक धामी प्रस्ताव गरिएको थियो ।
तर बन्दसत्रमा उपस्थित प्रतिनिधिहरुले होहल्ला र नाराबाजी गर्दै यसलाई अस्वीकार गरेका थिए । उपाध्यक्ष र महासचिवमा प्रस्ताव गरिएकाहरु पनि अध्यक्षकै आकांक्षी हुन् ।
प्रतिनिधिहरुले होहल्ला गरेपछि निर्वाचन समितिले चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार मंगलबार साँझ उम्मेदवारी दर्ता र बुधबार मतदानको कार्यक्रम छ । प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाका अनुसार जेठ २८ गते बिहान १० बजेदेखि मतदानको तालिका राखिएको छ ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?





