रास्वपामा बुर्लाकोटी महामन्त्री र झालाई प्रवक्ताको जिम्मेवारी
राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको छ । त्यस्तै कार्यबाहक प्रवक्ता मनिष झालाई पनि प्रवक्ताको जिम्मेवारी दिएको छ ।
२०८१ साउनमा तत्कालीन महामन्त्री तथा प्रवक्ता मकुल ढकाल कारबाहीमा परेका थिए । त्यसयताको ११ महिनासम्म रास्वपामा महामन्त्री र प्रवक्ता पद कार्यबाहकले नै चलाइरहेका थिए ।
तर गत बिहीबार निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यको विवरण अद्यावधिक नभएको भन्दै मुकुल ढकाललाई उनी नै महामन्त्रीको पदमा रहेको आशयसहितको पत्र दिएको थियो ।
निर्वाचन आयोगले पत्र दिएपछि ढकालले पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई पत्र लेखेर छलफल अघि बढाउन माग गरेका थिए ।
त्यसपछि भने पार्टी स्थापना दिवशको अवसर पारेर शनिबार बसेको रास्वपा बैठकले रास्वपामा बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
रास्वपाले प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिनकुमार आचार्य, अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा प्रवक्ता मनिष झा र अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यबाहक प्रमुखको जिम्मा रविकिरण अधिकारीलाई दिएको छ ।
हेर्नुहोस् रास्वपाको विज्ञप्ति

केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?





