नेभिगेशन
राजनीति

रास्वपामा बुर्लाकोटी महामन्त्री र झालाई प्रवक्ताको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको छ । त्यस्तै कार्यबाहक प्रवक्ता मनिष झालाई पनि प्रवक्ताको जिम्मेवारी दिएको छ । 

२०८१ साउनमा तत्कालीन महामन्त्री तथा प्रवक्ता मकुल ढकाल कारबाहीमा परेका थिए । त्यसयताको ११ महिनासम्म रास्वपामा महामन्त्री र प्रवक्ता पद कार्यबाहकले नै चलाइरहेका थिए । 

तर गत बिहीबार निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यको विवरण अद्यावधिक नभएको भन्दै मुकुल ढकाललाई उनी नै महामन्त्रीको पदमा रहेको आशयसहितको पत्र दिएको थियो ।

निर्वाचन आयोगले पत्र दिएपछि ढकालले पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई पत्र लेखेर छलफल अघि बढाउन माग गरेका थिए । 

त्यसपछि भने पार्टी स्थापना दिवशको अवसर पारेर शनिबार बसेको रास्वपा बैठकले रास्वपामा बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । 

रास्वपाले प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिनकुमार आचार्य, अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा प्रवक्ता मनिष झा र अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यबाहक प्रमुखको जिम्मा रविकिरण अधिकारीलाई दिएको छ । 

हेर्नुहोस् रास्वपाको विज्ञप्ति

rsp-1750571321.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति