राजनीति
एमालेको सक्रिय राजनीतिमा फर्किएको पूर्व राष्ट्रपति भण्डारीको घोषणा
१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रुपमा एमालेको राजनीतिमा सक्रिय भएकी छन् ।
मदन भण्डारी स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भण्डारीले पार्टीको सदस्यता नवीकरण गरेको जानकारी दिइन् । उनले भनिन्, 'आजबाट म एमाले परिवारको एक सदस्य बनेको छु ।’
राष्ट्रपति पदबाट पदमुक्त भएपछि आफूले एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्य राखेको उनले बताइन् । यही उद्देश्यले आफूले पार्टी सदस्य नवीकरण गरेको उनको भनाइ छ ।
एमालेमा जोडिनुको आफ्नो कुनै महत्वाकांक्षा नभएको पनि भण्डारीले उल्लेख गरेकी छन् ।
पढ्नुहोस् भण्डारीको लिखित भाषणको पूर्णपाठ
प्रकाशित मिति:
शनिबार, असार १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
आइतबार, कात्तिक १६, २०८२
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
आइतबार, कात्तिक १६, २०८२
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
शनिबार, कात्तिक १५, २०८२
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
शनिबार, कात्तिक १५, २०८२
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
बिहीबार, कात्तिक १३, २०८२
महाकालीको किनारमा विपिन अन्तिम बिदाइ
मंगलबार, कात्तिक ४, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)



