संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित
संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव राखेका थिए ।
त्यसमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री गुप्ताले जवाफ दिए । मन्त्रीले जवाफ दिइसकेपछि विधेयक बहुमतले पारित भएको हो । विधेयकमा निजामती सेवामा रहेका कर्मचारीले अवकाशको २ वर्षपछि मात्र अर्को सरकारी नियुक्ति लिन पाउने व्यवस्था राखिएको छ ।
कुलिङ पिरियड भनिने यो व्यवस्थाको नेपाल सरकारका सचिवहरुले विरोध गरेका थिए । उनीहरुले कुलिङ पिरियडको व्यवस्था हटाउन लबिङ पनि गरेका थिए । तर अन्ततः कुलिङ पिरियडको व्यवस्थासहित विधेयक पारित भएको छ ।
अब यो विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि, राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि जानेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनका रुपमा लागू हुनेछ ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



