संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित
संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव राखेका थिए ।
त्यसमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री गुप्ताले जवाफ दिए । मन्त्रीले जवाफ दिइसकेपछि विधेयक बहुमतले पारित भएको हो । विधेयकमा निजामती सेवामा रहेका कर्मचारीले अवकाशको २ वर्षपछि मात्र अर्को सरकारी नियुक्ति लिन पाउने व्यवस्था राखिएको छ ।
कुलिङ पिरियड भनिने यो व्यवस्थाको नेपाल सरकारका सचिवहरुले विरोध गरेका थिए । उनीहरुले कुलिङ पिरियडको व्यवस्था हटाउन लबिङ पनि गरेका थिए । तर अन्ततः कुलिङ पिरियडको व्यवस्थासहित विधेयक पारित भएको छ ।
अब यो विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि, राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि जानेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनका रुपमा लागू हुनेछ ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

