नागार्जुनका मेयर बस्नेतलाई भ्रष्टाचारमा ८ वर्ष र सम्पत्ति शुद्धीकरणमा ३ वर्ष कैद
विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई घुस लिएको आरोपमा ८ वर्ष र सम्पत्ति शुद्धीकरणमा ३ वर्ष कैद सजाय सुनाएको छ ।
अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा ८ वर्ष कैद सजाय सुनाएको छ । त्यस्तै मेयर पदमा हुँदा भ्रष्टाचार गरेकाले थप ३ महिना कैद सजाय सुनाएको छ । अनि सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष ३ महिना १८ दिन कैद सजाय सुनाएको छ ।
बस्नेतले पद्मा कोलोनी र पदमा मर्चेन्ट कम्पनी प्रालि र ती कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको देखिएको विशेष अदालतको ठहर छ ।
अदालतले घुस दिने कँडेललाई पनि ८ वर्ष कैद सजाय सुनाएको छ । बस्नेत, कँडेल र उनका दुईवटा कम्पनीसँग दामासाहीले २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना लिने फैसला पनि गरेको विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए ।
अदालतले सम्पत्ति शुद्धीकरणतर्फ बस्नेतले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसाको सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको छ ।
सम्पत्ति शुद्धीकरणवापत ३ वर्ष कैद सजाय र बिगोको दोब्बर अर्थात् २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिवानाको फैसला सुनाएको छ । मेयर पदमा हुँदाहुँदै सम्पत्ति शुद्धीकरण गरेकाले थप १० प्रतिशत सजाय पनि हुने विशेष अदालतको ठहर छ । त्यसबापत ३ महिना १८ दिन थप कैद र २ करोड ६२ लाख ५४ हजार ६०६ रुपैयाँ ४६ पैसा थप जरिवाना पनि असुल गर्नुपर्ने अदालतको फैसला छ ।
अदालतले बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा क्षतिपूर्ति राहत कोषमा दाखिला गर्न पनि आदेश दिएको छ ।
सुशीला कार्की भन्नुमात्रै रहेछ !
अन्तिममा रास्वपा गएर बाजी मार्नेहरु
निभ्न थाल्यो चुलो, सरकारले उठायो हात !
एमालेमा ओलीको विकल्प को ?
जसले भेट्रानहरुलाई साइड लगाए

-1773931562.jpeg)
-1773930665.jpeg)
-1773656815.jpeg)
