सचिवालय बैठकमा बोल्न दिन रामकुमारीको माग
नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टीको सचिवालय बैठकमा बोल्न दिन माग गरेकी छन् ।
पार्टीको लुम्बिनी प्रदेश भेलामा रामकुमारीले अर्लि महाधिवेशन गर्नुपर्ने भनेपछि पार्टीका केही नेताहरुले त्यसको आलोचना गरेका छन् । पार्टीकै नेताहरुले रामकुमारीसँग यस विषयमा स्पष्टीकरण सोधिएको भनेर सार्वजनिक अभिव्यक्ति दिए पनि आफूले पत्र नपाएको उनले बताएकी छन् ।
तर पार्टीका पदाधिकारीले नै सञ्चार माध्यम, सामाजिक सञ्जाल र भर्चुअल प्लेटफर्महरुमा आफ्ना विरुद्ध लान्छना लगाउने, व्यक्तिगत स्वास्थ्य र शारीरिक अवस्थाबारेमा समेत टिप्पणी गरेको भन्दै उनले आफूले बोलेका विषयमा सचिवालय बैठकमा जवाफ दिन पाउँ भन्दै निवेदन दिएकी हुन् ।
रामकुमारीले पार्टीको लुम्बिनी प्रदेशको भेलामा पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि प्रश्न उठेको भन्दै अब अर्लि महाधिवेशन गर्नुपर्ने धारणा राखेकी थिइन् । उनले अब मरेको सिनो बोकेर हिँड्न सकिँदैन पनि भनेकी थिइन् । उनले त्यसो भनेपछि महासचिव घनश्याम भूसालले असार १५ गते एक सूचना जारी गर्दै नेताहरुलाई पार्टी अध्यक्षको विषयमा नबोल्न निर्देशन दिएका थिए ।
महासचिवको निर्देशनपछि आफू कतै नबोलेको तर अरु नेताहरुले आफ्ना विषयमा जथाभावी बोल्दै हिँडेको रामकुमारीले बताएकी छन् । अहिले सचिवालय बैठक चलिरहेकाले आफ्नो अभिव्यक्तिबारे त्यहीँ स्पष्ट पार्न दिन उनले आग्रह गरेकी छन् ।
‘अर्को कमिटीको बैठक पर्खिँदासम्म त धेरै नराम्रो सन्देश जाने निश्चित नै छन्, त्यहाँ के भएको हो, मैले अभिव्यक्ति विचार के हुन् भन्ने सन्दर्भमा वैठकमा उपस्थित भई स्पष्ट गर्ने मौका प्रदान गर्नुहुन हार्दिक अनुरोध छ’, रामकुमारीले पत्रमा भनेकी छन् । 
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



