रुपन्देही-३ मा उम्मेदवार सिफारिस गर्न राप्रपाको निर्देशन
राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही- ३ मा हुने उपनिर्वाचनका लागि असार मशान्तभित्र उम्मेदवार सिफारिस गर्न पार्टीको जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले जिल्ला कार्य समितिसँग सम्भावित उम्मेदवारको नाम मागेको हो ।
रुपन्देही-३ बाट प्रतिनिधिसभामा राप्रपाकै दीपक बोहरा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त भएको पदमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।
राप्रपाले उपनिर्वाचनको तयारीका लागि नेता ध्रुबबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमितिका सदस्यहरु र आमन्त्रित सदस्यहरु सदस्य रहनेछन् ।
राप्रपाले आन्दोलन र पार्टीका अभियानहरुलाई प्रभावकारी बनाउन सबै जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाउने निर्णय पनि गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले भिजिट भिसा प्रकरणलाई सामान्यीकरण गरेर दोषीलाई उन्मुक्ति दिने प्रयत्न भइरहेको भन्दै संसदीय छानविन समिति बनाउन माग गरेको छ ।
त्यसतै संघीय निजामती सेवा विधेयक पारित गर्दा कुलिङ अफ पिरियडको नलाग्ने गरी जालझेल गरिएको भन्दै संसदीय छानविनको माग गरेको छ ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

