भिजिट भिसामा रास्वपाको अडान यथावत, संसद अवरोध जारी राख्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा संसदमा गरेको विरोध कायम राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टीको सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र गृहमन्त्रीले राजीनामा दिने अडान कायम राख्ने निर्णय गरेको छ ।
रास्वपाले संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था नरहने गरी भएको हेरफेरलाई संसदको सार्वभौमिकतामाथिको प्रहार भनेको छ । त्यसमा संलग्नलाई छानबिन गरी कारबाही गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।
रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोटबारे पनि छलफल गरेको छ । तर ठोस निर्णय गरेको छैन ।
उम्मेदवार छनोटको कार्यविधिलाई आगामी आइतबारको बैठकले टुंगो लगाउने निर्णय गरेको प्रवक्ता मनिष झाले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनका अनुसार रास्वपाले रुपन्देही– ३ मा छनोट विधिमार्फत योग्य, सक्षम उम्मेदवार चयन गर्नेछ ।
हेर्नुहोस् विज्ञप्ति

बालेन सरकारको स्पीड कि सरप्राइज राजनीति ?
सुकुम्बासी होल्डिङ सेन्टरमा कांग्रेसले अनुगमन गर्ने
पहिले सुकुम्बासीलाई उठाइने, अनि डोजर चलाउने
बिरालोको घाँटीमा घन्टी बाँध्न कस्सिएका विष्णु पौडेल
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?


-1777651991.jpeg)

-1777978198.png)
