कुलिङ पिरियडबारे छानबिन गर्न ७ सदस्यीय संसदीय समिति बन्ने
कुलिङ पिरियडमा भएको छलछामबारे छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ ।
सभामुख देवराज घिमिरेले शनिबार बोलाएको प्रमुख सचेतक र सचेतकहरुको बैठकमा संसदको नियमावलीको नियम १८० अनुसार सात सदस्यीय समिति बनाउने सहमति भएको हो । समितिमा कांग्रेस र एमालेबाट २–२ जना सदस्य रहनेछन् भने माओवादी, रास्वपा र राप्रपाबाट एक-एक जना हुनेछन् ।
कांग्रेसले नेतृत्व गर्ने समितिका सदस्यहरुको नाम सोमबार बस्ने संसद बैठकमा जानकारी गराइनेछ ।
समितिलाई १५ दिनको समय दिइनेछ । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार यो समितिले निजामती विधेयकको प्रतिवेदन बनाउने क्रममा कुलिङ पिरियडबारे कहाँ कमजोरी भयो भनेर छानबिन गर्ने छ र, भोलिका दिनमा यस्ता हुन नदिन अपनाउनुपर्ने सजगताबारे पनि सुझाव दिने छ ।
संसदको राज्य व्यवस्था समितिले संघीय निजामती विधेयकमा राजीनामा दिएका वा अवकास पाएका कर्मचारीका लागि २ वर्षे कुलिङ पिरियड राख्ने सहमति गरेको थियो । तर संसदबाट विधेयक पास हुँदा कुलिङ पिरियडको व्यवस्था अर्थहीन हुने गरी अर्को दफा रहेको खुलेपछि समितिमा हंगामा भएको थियो ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



