सुनिताले भेटिन् बालेन, भन्छिन्–गुरागाईंलाई बाहिर राखेर बैठक हुँदैन
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले बजेट ल्याउने विषयमा मेयर र अरु जनप्रतिनिधिसँग छलफल सुरु गरेकी छन् ।
स्थानीय तहले असार १० गतेसम्म बजेट ल्याउनुपर्ने पर्ने भए पनि मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विवादका कारण काठमाडौंले बजेट ल्याउन सकेको छैन ।
आइतबार उपमेयर डंगोलले मेयर शाह र अरु जनप्रतिनिधिसँग भेट गरेर बजेट ल्याउने विषयमा छलफल गरेकी छन् । उपमेयर डंगोलका अनुसार कार्यपालिका र नगरसभा बैठक बोलाउने विषयमा सकारात्मक संकेत छ ।
डंगोलले सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै यो वा त्यो बहानामा बजेट नल्याउनु ठीक नहुने भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई दोष देखाएर बजेटमा अवरोध गर्न नहुने बताएकी छन् ।
पुरानो बसपार्कमा बनिरहेको काठमाडौं टावरको नक्सापासको विषयमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच विवाद छ । मेयर शाहले गुरागाईंले उक्त नक्सापास प्रकरणमा भ्रष्टाचार गरेको दाबी गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने त्यो आरोपको अस्वीकार गर्दै आएका छन् ।
उपमेयर सुनिता डंगोलले यस मामिलामा गुरागाईंलाई साथ दिएकी छन् । उनले दोषी ठहरिए कानुन बमोजिम कारबाही गर्नुपर्ने भन्दै उनले नक्सापास प्रकरणको छानबिन र अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।
उपमेयर डंगोलले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना कार्यपालिका बैठक र नगरसभा गर्ने कुरा पनि उठेको भन्दै यो कानुनी हिसाबले पनि उचित नहुने बताएकी छन् ।
‘प्रमुख प्रशासकीय अधिकृतको सन्दर्भमा जनप्रतिनिधिले उहाँलाई बैठकमा नै राखेर खुल्ला रूपमा प्रश्न गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ। प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा सहभागी नगराई जनप्रतिनिधिलाई नै प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु उचित होइन', उनले भनेकी छन् ।
उपमेयर डंगोलले डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्र बाँच्ने बाटो दुर्भाग्यपूर्ण हुने भन्दै त्यस्तो बाटो नरोज्न पनि आग्रह गरेकी छन् ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

