कुलिङ अफ पिरियडको छलछाम छानबिन गर्न समिति गठन
संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड नराख्ने गरी भएको छलछामको छानबिनका लागि संसदीय समिति गठन भएको छ ।
सोमबार सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधितव गर्ने दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकले ७ सदस्यीय छानबिन समिति बनाएको हो ।
समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट माधवप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
संसदको राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमाथि छलफल गरेर उच्च पदस्थ सरकारी कर्मचारीलाई जागिरबाट अवकाश भएलगत्तै अर्को नियुक्तिमा रोक्न २ वर्ष कुलिङ अफ पिरियड राख्ने सहमति गरेको थियो ।
तर संसदबाट विधेयक पारित हुँदा मुख्य सचिव, सचिव र सहसचिवलाई कुलिङ अफ पिरियडको नियम नलाग्ने व्यवस्था पारित भएको छ ।
यसमा सांसदहरुले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र निर्णय मस्यौदा गर्ने कर्मचारीलाई दोष लगाएका छन् । समिति सभापति खतिवडाले कर्मचारीहरुलाई दोष लगाएका छन् । कर्मचारीहरुले भने समितिमा निर्णय भए अनुसार नै मस्यौदा बनाएको बताएका छन् ।
यो विषयमा सांसदहरुले नै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएपछि सभामुख घिमिरेले ७ सदस्यीय समिति गठन गरेका हुन् । समितिले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिको छानबिन गर्नेछ ।
समितिले २१ दिन समय पाएको छ । दलहरुबीच यो समितिको नेतृत्व नेपाली कांग्रेसका सांसदले गर्ने सहमति छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने जुन दलको नेतामा प्रश्न उठेको छ, त्यही दलका सांसदले समितिको नेतृत्व गर्न नमिल्ने बताएको छ ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



