प्रधानमन्त्रीको स्पेन भ्रमणमाथि संसदमा प्रश्न
भिजिट भिसा प्रकरण टुंगिएको छैन । विपक्षी दलहरुले लगातार संसद अवरुद्ध गरेपछि सरकारले पूर्व मुख्य सचिवको नेतृत्वमा समिति त बनायो, तर रास्वपा र राप्रपाले चित्त बुझाएको छैन ।
रास्वपा र राप्रपाले संसदीय वा न्यायिक समिति बनाउनुपर्ने माग गर्दै संसद बैठक बहिस्कार गर्दै आएको छ ।
अब प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा स्पेन गएकाहरु नफर्किएको विषय संसदमा उठेको हो ।
मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै राप्रपा र रास्वपा सांसदहरु उठे ।
सभामुखले सांसद सोविता गौतमलाई बोल्न समय दिए । उनले प्रधानमन्त्री गएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरु सहभागी हुने बहाना गरेर नफर्किएको भन्ने समाचारहरु आइरहेको भन्दै ध्यानाकर्षण गराइन् ।
अनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन नभएसम्म आफूहरुको विरोध रहने बताइन् । लगतै रास्वपा सांसदहरु बैठकबाट बाहिर गए ।
त्यसपछि माओवादी सांसद पूर्णबहादुर घर्तीले पनि यही विषयमा प्रश्न उठाए । भिजिट भिसा प्रकरणमा प्रधनमन्त्रीको सचिवालय संलग्न भएको अडियो र भ्रमण टोलीको संख्यामा अनियमितता देखिएको उनले बताए । यसले मानव तस्कर समूह उच्च राजनीतिक नेतृत्वको संरक्षणमा त छैन भन्ने प्रश्न उठेको पनि सांसद घर्तीले बताए ।
प्रधानमन्त्रीमाथि प्रश्न उठेपछि सचिवालयले भ्रमण टोलीका सदस्यहरुको सूची नै सार्वजनिक गर्यो ।
अनि एमाले प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गरे । सभामुखसँग समय मागेर बोलेका उनले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लक्षित गरेर संसदमा भ्रामक, तथ्यहीन र आपत्तिजनक विषय बोलिएको बताए । त्यसलाई संसदको रेकर्डबाट मेटाउन माग गरे ।
उनले सांसदहरुले बोल्न पाउने अधिकारलाई दुरुपयोग गरेको दाबी मात्र गरेनन्, प्रधानमन्त्रीको भ्रमणमा गएकाहरु को को फर्किएनन् जानकारी दिन चुनौती दिए ।
तर बर्तौला बोलेपछि माओवादी सांसदहरु उठे । सभामुखले समय दिएपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बर्तौलाको नाम नलिई उनले बोलेको विषयमा विरोध गरे ।
संसदमा विभिन्न विषयबस्तु उठ्ने र त्यसको सरकारले जवाफ दिनुपर्ने उनले बताए । तर सत्तारुढ सांसदहरुले जवाफ दिएर संसदले हेप्ने काम भएको भन्दै आपत्ति जनाए ।
त्यसपछि सभामुख देवराज घिमिरेले सांसदहरुले उत्तरदायी ढंगबाट विषय राख्नुपर्ने बताए । मंगलबार संसदमा उठेको विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको बताए । एमाले प्रमुख सचेतक बर्तौलाले उनको जवाफमा चित्त बुझाएनन् । उनी उठे, तर माओवादी सांसदहरुले प्रतिवाद गरेपछि संसद अगाडि बढ्यो ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



