उपभोक्ता संरक्षण ऐन संशोधन गर्न सरकार तयार, भयो तीनबुँदे सहमति
२४ असार, काठमाडौं । उपभोक्ता संरक्षण ऐन संशोधन गर्न सरकार सहमत भएको छ । सरकारसाग तीनबुँदे सहमति भएसँगै चिकित्सकहरुको आन्दोलन पनि फिर्ता भएको छ ।
उपभोक्ता अदालतले चिकित्सकहरुलाई लाखौं क्षतिपूर्ति भराउने आदेश दिएपछि डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए । देशभरका अस्पतालको सेवा प्रभावित भएपछि सरकारले स्वास्थ्य, कानुन र उद्योगमन्त्रीलाई वार्ताको जिम्मा दिएको थियो ।
मंगलबार भएको वार्तामा आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधनका लागि कानुनी एवं नीतिगत सुधारका विषयमा सुझाव दिन कार्यदल बनेको छ ।
उद्योग मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका प्रमुख संयोजक रहेको कार्यदलमा कानुन र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहनेछन् । कार्यदललाई ७ दिन समय दिइएको छ । प्रतिवेदन आए लगतै सरोकारबालासँग वार्ता गरी कार्यान्वयन गर्ने र उपभोक्ता संरक्षण ऐेन लगायतका कानुनी र नीतिगत व्यवस्थामा संशोधनका लागि ११ दिनभित्र न्त्रिपरिषद्बाट मन्त्रालयले सैद्धान्तिक सहमति लिने र फास्ट ट्र्याकबाट कानुन संशोधन प्रक्रिया अगाडि बढाउने पनि सहमतिमा उल्लेख छ ।
यो सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम रोकेका छन् ।

केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



