जसपा नेपालले फिर्ता लियो समर्थन, राष्ट्रिय सभामा सरकार अल्पमतमा
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपा नेपालले समर्थन फिर्ता लिएपछि कांग्रेस–एमालेसहितको गठबन्धन सरकारलाई राष्ट्रियसभामा अप्ठेरो पर्ने देखिएको छ । प्रतिनिधिसभामा कांग्रेस–एमालेको सहज बहुमत भए पनि राष्ट्रियसभामा भने बहुमत पुर्याउन जसपा नेपालको समर्थन अनिवार्य छ ।
५९ सदस्यीय राष्ट्रियसभामा नेपाली कांग्रेसका १६ र नेकपा एमालेका १० सांसद छन् । बहुमतका लागि ३० जना सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेको जोड्दा २६ सांसद मात्र हुन्छन् ।
राष्ट्रियसभाका मनोनित ३ जनामध्ये अञ्जान शाक्य एमालेकी हुन् भने बामदेव गौतम नारायण दाहाल सत्ता गठबन्धानको विपक्षमा छन् ।
यसरी हेर्दा राष्ट्रियसभामा सरकारलाई समर्थन गर्ने सांद २७ जना मात्र हुनेछन् । जसपा नेपालको ३ जना सांसदले समर्थन फिर्ता नलिँदासम्म सरकार बहुमतमा थियो ।
१ सिट भएको लोकतान्त्रिक समाजवादी पार्टीले भने संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



