राप्रपाका राजेन्द्र लिङ्देनलाई ४ पदाधिकारीको दबाब : विधान विपरीतका काम सच्याऊ

राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना पदाधिकारीले अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाउनु विधान विपरीत भन्दै सच्याउन आग्रह गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीहरु धवलशमशेर राणा र कुन्तीकुमारी शाहीले विधान विपरीत भएका कामहरु सच्याउन अध्यक्ष लिङ्देनलाई आग्रह गरेका हुन् ।
राप्रपाको कार्यसम्पादन समितिका सदस्य तथा अनुशासन समितिका अध्यक्ष सुवेदी २०८१ चैत ५ गते राजसंस्था पुनस्र्थापना जनआन्दोलन समितिको संयोजक चयन भएका थिए । त्यही समितिको घोषणा कार्यक्रममा सुवेदीले आफू पार्टीमा नरहेको घोषणा गरेका थिए ।
त्यही कारण देखाएर अध्यक्ष राजेन्द्र लिङ्देनले २०८२ असार २५ गते अनुशासन समितिको अध्यक्षमा पार्टी उपाध्यक्ष रोशन कार्कीलाई मनोनित गरे ।
त्यसपछि भने सुवेदी आफूलाई विधान विपरीत हटाएको भन्दै कारबाही फिर्ताको माग गर्दै निर्वाचन आयोग पुगेका थिए ।
सुवेदीलाई साथ दिएका संस्थापन इतर पक्षका नेताहरुले पार्टीलाई विधान अनुसार चलाएर आपसी विश्वासको वातावरण सिर्जना गर्न माग गरेका छन् ।
उनीहरुका अनुसार अध्यक्ष लिङ्देन सुवेदीलाई नहटाउन राजी भइसकेका थिए ।
पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको निवासमा अध्यक्ष लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, नेता सुवेदी र हरिबहादुर बस्नेतके एउटा बैठक बसेको थियो ।
वैठकमा भएको समझदारी अनुरुप नेता सुवेदीलाई अध्यक्ष लिङ्देनले, ‘दाई पार्टीमा पूर्ववत् रुपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुहोस्’ भनेको पाण्डे, गिरी, राणा र शाहीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेता सुवेदी मात्र नभएर धवलशमशेर राणालाई संगठन विभागको प्रमुखबाट, सगुन सुन्दर लावतीलाई पार्टी प्रवक्ताबाट र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट हटाउनु पनि उनीहरुले विधान विपरीत भनेका छन् ।
-1754133271.jpg)
रेशम चौधरीको महत्वाकांक्षाले पार्टी नै तहसनहस

शेखरको मुभ कत्तिको परिपक्व ?

बागमतीमा लामाले मुख्यमन्त्री नछाडे के हुन्छ ?

मुख्यमन्त्रीलाई हराउँदै दल नेता बने बानियाँ

बागमतीका मुख्यमन्त्रीले गुमाए पार्टीभित्रै बहुमत
