राजनीतिक नेतृत्वमाथि छानबिन गर्न अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई राप्रपाको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अहिलेसम्म सार्वजनिक रुपमा चर्चा भएका ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ ।
शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली अख्तियार कार्यालय टंगालमा पुगेर नयाँ पुराना सबैथरि भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको हो । साथै यी काण्डहरुमा नेतृत्व तहलाई उन्मुक्ति नदिन पनि राप्रपाले माग गरेको छ ।
सुडान घोटाला, ललिता निवास, वाइठबडी, क्यान्टोनमेन्ट, ओम्नी, एनसेल जस्ता ठूला भ्रष्टाचार काण्डमा राजनीतिक नेतृत्व छानबिनको दायरा भन्दा बाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा नै प्रश्न उठेको राप्रपाले बताएको छ ।
‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठूला भ्रष्टाचारहरु कर्मचारी संयन्त्रबाट हुन सक्छन् भन्ने कुरामा विश्वास गर्न सकिँदैन र भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन सक्दैन भन्ने राप्रपाको ठहर छ’, लिङ्देनले अख्तियारलाई दिएको पत्रमा भनिएको छ ।
नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्ट लगायत निर्माण सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि, भिजिट भिसा र मन्त्रीहरुको अडियो प्रकरणबारे पनि राप्रपाले छानबिन गर्न माग गरेको छ ।
त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड र कृषि अनुदानको दुरुपयोगका विषयमा पनि राप्रपाले छानबिन गर्न माग गरेको छ ।
राप्रपाले २०४६ साल पछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पनि ध्यानाकर्षण गराएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल आयोगको कार्यालय हरिहरभवन पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई मागपत्र बुझाएको हो ।
राप्रपाले अख्तियारमा बुझाएको पत्र हेर्नुहोस्
-1754133271.jpg)
रेशम चौधरीको महत्वाकांक्षाले पार्टी नै तहसनहस

शेखरको मुभ कत्तिको परिपक्व ?

बागमतीमा लामाले मुख्यमन्त्री नछाडे के हुन्छ ?

मुख्यमन्त्रीलाई हराउँदै दल नेता बने बानियाँ

बागमतीका मुख्यमन्त्रीले गुमाए पार्टीभित्रै बहुमत
