विद्यालाई ओलीको सन्देश : एमालेमा सहज स्वागत हुन्न
नेकपा एमालेका नेताहरुले सक्रिय राजनीतिमा फर्किने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणाबारे निरन्तर छलफल गरेका छन् । सचिवालयबाट सुरु भएको छलफल पोलिटब्यूरोसम्म आइपुग्दा एउटा आकार लिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई दिएको प्रष्ट सन्देश छ, पार्टीको अध्यक्ष बनाउने त परको कुरा, पार्टीमा स्वागत समेत सहज हुने छैन ।
भण्डारीले १४ असारमा सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन् । त्यसपछि एक अन्तर्वार्तामा उनले सक्रिय राजनीतिमा फर्किने भनेको एमालेको अध्यक्ष हुने लक्ष्य राखेर भएको बताएकी थिइन् ।
भण्डारीले आफ्नो स्थान लिन खोजेपछि ओलीले प्रष्ट असहमति जनाएका छन् । बिहीबार सचिवालय बैठकमा यस विषयमा लामै छलफल भयो, नेताहरु विभाजित देखिए ।
शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकमा पनि नेताहरुले यसबारे धारणा राखेका छन् ।
तर अधिकांश नेताहरुले राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुगिसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किने विषयमा गम्भीर छलफल गर्नुपर्नेमा जोड दिदएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
उनले पत्रकारहरुसँग भने, ‘अहिले नै उहाँलाई पार्टी अध्यक्ष बनाएर जान गाह्रो छ ।’
गौतमले भण्डारीको सदस्यता नवीकरण समेत सहज नभएको संकेत गरे ।
स्वेच्छाले राजीनामा दिएर गएको व्यक्तिको सदस्यता नवीकरणमा विधानको धारा ८ र ९ आकर्षित हुने देखिएको उनले बताए ।
यसको व्याख्या गरेपछि ठूलो फोरमबाट निर्णय लिने उनले बताए । ‘नवीकरण पेण्डिङ अवस्थामा छ । जहाँ स्थगन अवस्थामा छ’ प्रचार विभाग प्रमुख गौतमले भने ।
यसको अर्थ विधानमा व्यवधान खडा गरेर पार्टीमा प्रवेश गर्न दिइने छैन भन्ने नभएको उनले प्रष्ट पारे । राष्ट्रपति भइसकेको व्यक्ति पार्टीको राजनीतिमा फर्किँदा के प्रभाव पर्छ भनेर सकारात्मक छलफल भइरहेको भन्दै प्रचार विभाग प्रमुख गौतमले भने, 'उहाँप्रति कुनै आग्रह दुराग्रह राख्नुपर्ने होइन ।’
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



