विद्यालाई ओलीको सन्देश : एमालेमा सहज स्वागत हुन्न
नेकपा एमालेका नेताहरुले सक्रिय राजनीतिमा फर्किने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणाबारे निरन्तर छलफल गरेका छन् । सचिवालयबाट सुरु भएको छलफल पोलिटब्यूरोसम्म आइपुग्दा एउटा आकार लिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई दिएको प्रष्ट सन्देश छ, पार्टीको अध्यक्ष बनाउने त परको कुरा, पार्टीमा स्वागत समेत सहज हुने छैन ।
भण्डारीले १४ असारमा सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन् । त्यसपछि एक अन्तर्वार्तामा उनले सक्रिय राजनीतिमा फर्किने भनेको एमालेको अध्यक्ष हुने लक्ष्य राखेर भएको बताएकी थिइन् ।
भण्डारीले आफ्नो स्थान लिन खोजेपछि ओलीले प्रष्ट असहमति जनाएका छन् । बिहीबार सचिवालय बैठकमा यस विषयमा लामै छलफल भयो, नेताहरु विभाजित देखिए ।
शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकमा पनि नेताहरुले यसबारे धारणा राखेका छन् ।
तर अधिकांश नेताहरुले राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुगिसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किने विषयमा गम्भीर छलफल गर्नुपर्नेमा जोड दिदएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
उनले पत्रकारहरुसँग भने, ‘अहिले नै उहाँलाई पार्टी अध्यक्ष बनाएर जान गाह्रो छ ।’
गौतमले भण्डारीको सदस्यता नवीकरण समेत सहज नभएको संकेत गरे ।
स्वेच्छाले राजीनामा दिएर गएको व्यक्तिको सदस्यता नवीकरणमा विधानको धारा ८ र ९ आकर्षित हुने देखिएको उनले बताए ।
यसको व्याख्या गरेपछि ठूलो फोरमबाट निर्णय लिने उनले बताए । ‘नवीकरण पेण्डिङ अवस्थामा छ । जहाँ स्थगन अवस्थामा छ’ प्रचार विभाग प्रमुख गौतमले भने ।
यसको अर्थ विधानमा व्यवधान खडा गरेर पार्टीमा प्रवेश गर्न दिइने छैन भन्ने नभएको उनले प्रष्ट पारे । राष्ट्रपति भइसकेको व्यक्ति पार्टीको राजनीतिमा फर्किँदा के प्रभाव पर्छ भनेर सकारात्मक छलफल भइरहेको भन्दै प्रचार विभाग प्रमुख गौतमले भने, 'उहाँप्रति कुनै आग्रह दुराग्रह राख्नुपर्ने होइन ।’
बालेन सरकारको स्पीड कि सरप्राइज राजनीति ?
सुकुम्बासी होल्डिङ सेन्टरमा कांग्रेसले अनुगमन गर्ने
पहिले सुकुम्बासीलाई उठाइने, अनि डोजर चलाउने
बिरालोको घाँटीमा घन्टी बाँध्न कस्सिएका विष्णु पौडेल
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?


-1777651991.jpeg)

-1777978198.png)
