रुपन्देही–३ को उपचुनावका लागि असोज २१ गते उम्मेदवारी दर्ता
रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि असोज २१ गते मनोनयन दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गरी निर्वाचन कार्यतालिकाबारे जानकारी गराएकोछ । जस अनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
उम्मेदवारको नाममाथि दाबी, विरोध र उजुरी असोज २२ गते गर्न सकिनेछ । असोज २४ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछ ।
त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई चुनाव चिह्न पनि प्रदान गरिने आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
मतदान कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुनेछ । यो चुनावमा २०७९ को चुनावको समानुपातिको बन्द सुचीमा नाम भएका मानिसहरु भने उम्मेदवार हुन पाउने छैनन् ।
२०७९ मंसिरमा भएको चुनावमा यो क्षेत्रबाट राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका थिए । उनको गत चैत १९ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
हेर्नुहोस् निर्वाचन तालिका

सुशीला कार्की भन्नुमात्रै रहेछ !
अन्तिममा रास्वपा गएर बाजी मार्नेहरु
निभ्न थाल्यो चुलो, सरकारले उठायो हात !
एमालेमा ओलीको विकल्प को ?
जसले भेट्रानहरुलाई साइड लगाए

-1773931562.jpeg)
-1773930665.jpeg)
-1773656815.jpeg)
