राजनीति
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
सरकारले मधेश प्रदेशका ८ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बुधबार बसेको मन्त्रपरिषद बैठकले खडेरीका कारण पानीको चरम अभाव भएकाले मधेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको एक मन्त्रीले जानकारी दिए ।
मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्ला संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । मनसुन समयमा पनि पानी नपरेका कारण मधेशमा अझै धेरै खेतबारी बाँझै छ ।
भूमिगत पानीको मुहान जस्तै इनार, ट्युबेल र बोरिङहरु पनि सुकेकाले सर्वसाधारणले खानेपानी पाउन पनि मुश्किल छ । एक मन्त्रीका अनुसार सरकारले ३ महिनाका लागि मधेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
प्रकाशित मिति:
बुधबार, साउन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



