मेरो स्वतन्त्रता कसैले खोस्न सक्दैन, एमाले फर्किने निर्णयबाट पछि हट्दिन : विद्या भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा एमालेको निर्णयलाई आवेग र उत्तेजनामा गरिएको निर्णय भनेकी छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले संविधान र कानुनले आफूलाई पार्टी सदस्य बन्न नरोकेको भन्दै आवेग र उत्तेजनाका आधारमा निर्णय गर्नु गलत भएको बताएकी छन् ।
आफू संवैधानिक सर्वोच्चता र विधिको शासन गहिरोसँग आत्मसात गरेको मान्छे भएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा संलग्न हुन पाउने आफ्नो स्वतन्त्रतालाई संकुचित गर्न नमिल्ने बताएकी छन् ।
‘यसले पार्टीको साःखलाई पनि गिराउँछ । आवेग र उत्तेजताको आधारमा गरिएको निर्णयले वास्तविकतालाई छोप्न सकिँदैन’, उनले भनेकी छन् ।
३५ वर्ष एमालेको सदस्य भएपछि राष्ट्रपति भएको भन्दै उनले राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि पुनः पार्टीमा सक्रिय हुन पाउने आफ्नो अधिकार भएको जिकिर गरेकी छन् ।
भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्न नहुने पनि बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले आफू दलमा आवद्ध हुन नमिल्ने अवस्थै नभएको भन्दै एमालेले गरेको निर्णयलाई अपरिपक्व र हुल हुज्जतका आधारमा गरेको निर्णय भनेकी छन् । ‘कसलाई कतिखेर के मन लाग्यो त्यही आधारमा निर्णय गर्ने कुरा होइन’, उनले भनिन् ।
पार्टीको आस्था विस्वासप्रति कटिवद्ध हुँदाहुँदै पार्टी सदस्य लिनबाट वञ्चित गर्न नमिल्ने पनि उनले बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको पार्टी राजनीतिमा फर्किने निर्णयबाट पछि नहट्ने भन्दै आफ्ना शुभचिन्तकहरुलाई नआत्तिन अपिल गरेकी छन् ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



