बागमतीका मुख्यमन्त्रीले गुमाए पार्टीभित्रै बहुमत
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध आफ्नै संसदीय दलमा अविश्वास प्रस्ताव पास भएको छ ।
इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ सांसदले ९ साउनमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मंगलबार बसेको संसदीय दलको बैठकमा यो प्रस्ताव बहुमतले पास भएको छ ।
अविश्वास प्रस्तावमाथि मतदान हुँदा २२ जनाले पक्षमा मत दिएका छन् । प्रस्तावको विपक्षमा १५ मत परेको छ ।
दलको नेता गुमाएसँगै लामाको मुख्यमन्त्री पद संकटमा परेको छ । अब नयाँ दलको नेता चयन हुनेछ । बागमतीमा बानियाँ कांग्रेस संसदीय दलको नेता बन्ने तयारीमा छन् । दलको नेता चयनका लागि मतदान हुँदा धेरै मत पाएमा उनी प्रदेशको मुख्यमन्त्री बन्ने छन् ।
अविश्वासको मतको पक्षमा समर्थन गर्ने प्रदेशसभा सदस्यहरु
१. इन्द्रबहादुर बानियाँ
२. शिवराज अधिकारी
३. कञ्चनचन्द्र वादे
४.दीपेन्द्र श्रेष्ठ
५. पुकार महर्जन
६.बिनु रायमाझी पौडेल
७. यमुना देवी श्रेष्ठ
८. उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तमाङ
११. छिरीङ्ग दोर्जे लामा
१२. मीना पराजुली
१३. याङ्किला शेर्पा
१४. मीनकृष्ण महर्जन
१५. बिमल ठकुरी
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. सुरेश श्रेष्ठ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२.कृष्णबहादुर तामाङ
अविश्वासको मतको बिपक्षमा समर्थन गर्ने प्रदेशसभा सदस्यहरु
१. बहादुरसिंह लामा तामाङ
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६.हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८.छेत्रबहादुर बम्जन
९. गीता गुरूङ
१०. मसिना खड्का
११. तीर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

