नेभिगेशन
राजनीति

सरकार र दिक्तेलका मेयरबीच सहमति, तोडियो अनसन 

१८ साउन, काठमाडौं । एक सातादेखि आमरण अनसनमा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र सरकारबीच सहमति भएको छ । यससँगै मेयर भट्टराईले अनसन तोडेका छन् ।

नगरप्रमुख भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा चरणबद्ध रुपमा सत्याग्रह गरेका थिए । श्रावण १४ गते राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चिकित्सकको सल्लाहमा वीर अस्पताल भर्ना गरिएको थियो । 

त्यसपछि वन तथा वातावरण मन्त्रालयको पहलमा साउन १५ र १७ गते दुई चरणमा ५ घण्टासम्म वार्ता भएको थियो । वार्तामा दुवै पक्षबीच बाँस, गाँजा जस्ता वनस्पतिको प्रयोगका लागि ४५ दिनभित्र भवन निर्माण कोड तथा मापदण्ड तय गरिने, सखुवा, खयर लगायत कुहिएर नष्ट भइरहेका काठको आर्थिक उपयोगबारे विज्ञ समिति गठन गरी अध्ययन सुरु गरिने सहमति भएको छ । 

कोदो, गहत, आदि जस्ता रैथाने बालीलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्न  नीतिगत निर्णय गर्ने, रैथाने स्रोतसाधनलाई सरकारी संरचनाभित्र प्राथमिकतामा राखी प्रयोगमा ल्याउने लगायत सहमति पनि दुई पक्षबीच भएको छ । 

सहमति ४५ दिनभित्र कार्यान्वयन गर्ने सरकारले प्रतिवद्धता छ । मेयर भट्टराईले अनसन तोडेका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति