राजनीति
बागमतीमा बानियाँ नेतृत्वमा नयाँ सरकार गठन
बागमती प्रदेशमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले मंगलबार साँझ शपथ लिएका छन् ।
निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएपछि कांग्रेस र एमालेको समर्थनमा कांग्रेसकै बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । उनको मन्त्रिपरिषदमा कांग्रेसबाट २ जना र एमालेबाट ६ जना मन्त्री नियुक्त भएका छन् ।
कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने शिवराज अधिकारी विना विभागीय छन् ।
त्यस्तै एमालेबाट मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास, जयराम थापा श्रम, रोजगार तथा यातायात, विन्दु श्रेष्ठ उद्योगमन्त्री बनेका छन् । त्यस्तै दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार, किरण थापा स्वास्थ्य र भरत केसी वनमन्त्री बनेका छन् ।
प्रकाशित मिति:
मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



