माओवादीको सर्कुलर : जर्नादनको कडा आलोचना, नेतृत्वमाथि आरोपित नगर्न निर्देशन
२३ साउन, काठमाडौं । पार्टी नेतृत्वमाथि निराधार आरोप लगाएको भन्दै माओवादी केन्द्रले उपमहासचिव जनार्दन शर्माको कडा आलोचना गरेको छ । साथै आगामी दिनमा यस्ता गतिविधि नगर्न निर्देशन दिएको छ ।
हालै सम्पन्न स्थायी समिति बैठकका निर्णयहरुलाई लिएर माओवादी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले शुक्रबार सात पृष्ठ लामो सार्कुलर जारी गरेका छन् ।
जसमा स्थायी समितिमा शर्माको सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भएको उल्लेख छ । शर्माले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, पदाधिकारी बैठकको माइन्युटमा उपमहासचिवको रुपमा हस्ताक्षर नगरेको र गुटबन्दीजन्य गतिविधि गरेको भन्दै नेताहरुले आलोचना गरेका थिए । नेताहरुले शर्मालाई आत्मालोचना गर्न आग्रह गरेका थिए ।
अध्यक्ष प्रचण्डले समेत नेताहरुको सुझाव स्वीकार गरेर कमजोरी सच्याउन आग्रह गरेका थिए । तर शर्माले माइन्यूटमा हस्ताक्षर नगरेको विषय बाहेक अरुमा अत्मालोचना गरेनन् ।
नेतृत्वमाथि निराधार आरोप लगाएको भन्दै माओवादीको सर्कुलरमा भनिएको छ, ‘स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपहरुलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविश्यमा यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ ।’
हेर्नुहोस् माओवादीको सर्कुलर
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

