रवि लामिछानेलाई रिहा गर्न अदालतले गर्यो अस्वीकार
जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ ।
लामिछानेले सुप्रिम सहकारी ठगी प्रकरणमा अभियोगपत्रमा उल्लेख भएको बिगोमा आफ्नो भागमा पर्ने रकमको धरौटी बराबरको रकम बैंक जमानत राखेर आफूलाई रिहा गर्न माग गरेका थिए ।
रविको उक्त निवेदनमाथि सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भएको थियो ।
सुनुवाइपछि न्यायाधीश सापकोटाको इजलासले रविको माग बमोजिम नहुने आदेश दिएको जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारीको १० करोड ९९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडियामा लगेर अपचलन गरेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको अभियोग छ ।
यसमा रवि लामिछाने, जीबी राई, छविलाल जोशी र कुमार रम्तेललाई विपक्षी बनाइएको छ ।
रविले अपचलन भएको भनिएको ४ भागको एक भाग अर्थात २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी पत्र जिल्ला अदालतमा बुझाएका थिए । त्यसपछि आफूलाई थुनामुक्त गर्न निवेदन दिएका थिए । तर जिल्ला अदालतले उनको यो निवेदन अस्वीकार गरेको हो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उच्च अदालतको बुटवल इजलासले भने उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उच्च अदालतको आदेशपछि रवि २०८१ चैत २५ गतेदेखि भैरहवा कारागारमा थुनामा छन् ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



