नेप्से एआई एपले खाइदियो साढे २८ लाख
जोन डोइ, शेयर कारोबार गर्थे । सामाजिक सञ्जालमा आउने शेयर विश्लेषणहरु हेर्थे । त्यही क्रममा ३/४ दिन अगाडि उनले शेयर बजारको विश्लेषण गर्ने नेप्से एआई एपको विज्ञापन देखे ।
एआईले आजभोलि सबैलाई सजिलो बनाएको छ । झन् डेटा विश्लेषणमा गजब छ । शेयर विश्लेषणमा सघाउने एप पनि बनेछ भन्ने लाग्यो । उनले एप डाउनलोड गरेर इन्स्टल गरे ।
एपमा रिमोट सेसन खुल्नासाथ मोबाइलको स्क्रीन ब्लांक भयो । केहीबेरमा स्क्रीन त आयो, तर त्यतिञ्जेल उनको बैंक खातामा रहेको साढे २८ लाख बढी रकम चट भइसकेको थियो ।
उनका अनुसार मोबाइलमा रहेको सम्पूर्ण डेटा र ऐपहरु समेत डिलिट भएको छ । त्यसपछि उनले आफू ठगीमा परेको थाहा पाए ।
मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा गएर उजुरी दिए । ब्यूरोका प्रहरी उपरीक्षक युवराज खड्का पनि यसरी ठगी भएको यो पहिलो केस हो । ‘लिंकहरु पठाउने र ओटीपी लिएर फिसिङ गरेको त थाहा थियो, तर एआई प्रयोग गरेर ठगेको थाहा थिए । यो पहिलो केस हो’, उनले भने ।
उनका अनुसार यसरी अरु पनि ठगिएको हुनसक्ने आशंका छ । त्यसैले यस्ता घटना भएको भए तत्काल बैंक तथा वित्तीय सस्था, प्रहरी वा साइबर ब्यूरोमा खबर गर्न अनुरोध गरिएको छ ।
साथै फेसबुक, इन्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालमा भएका नेप्से एआई लगायतका अपरिचित लिंक तथा एपहरु क्लिक, डाउनलोड तथा इन्स्टल नगर्न अनुरोध गरेको छ ।
यस्ता ठगीहरुबाट बच्न टु फ्याक्टर अथेन्टिकेसन कोड प्रयोग गर्न सुझाएको छ । यसमा पनि सम्भव भएसम्म एसएमएस प्रयोग गर्नुपर्ने प्रहरीले बताएको छ ।
पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्न र कुनै एप डाउनलोड गर्नुपरे गुगल प्ले स्टोर वा आईओएस एप स्टोर जस्ता आधिकारिक श्रोतबाट मात्र इन्स्टल गर्न समेत सबैलाई अनुरोध गरेको छ ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



