उपसभामुख हटाउन कांग्रेस–एमालेले गरे हस्ताक्षर संकलन
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । दुबै दलका सांसदहरुलाई संसदीय दलको कार्यालयमा बोलाइएको छ र खाली कागजमा हस्ताक्षर गराइएको छ ।
कांग्रेस र एमाले सांसदहरुले पछिल्लो समय उपसभामुख इन्दिरा राना मगरले पद अनुरुपको आचरण नगरेको भन्दै संसदमै कुरा उठाएका थिए ।
कांग्रेसका एक सांसदका अनुसार उपसभामुखले पद अनुकुल आचरण नगरेको भनेर सभामुखलाई निवेदन दिने उद्देश्यले नै अहिले हस्ताक्षर संकलन गरिएको हो ।
प्रतिनिधिसभाका दुई तिहाइ सांसदले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भन्दै सभामुखलाई निवेदन दिन सक्नेछन् । अनि यो प्रस्ताव पारित भएमा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।
उपसभामुख रानाले संयुक्त राष्ट्रसंघको अमेरिकामा हुने एक कार्यक्रममा आफ्नो सचिवालयको नाममा असम्बन्धित व्यक्तिलाई भिसा सहजीकरण गरिदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । कांग्रेस, एमालेका कतिपय सांसदले उपसभामुखले नेपाली नागरिकलाई अवैधानिक रुपमा विदेश पठाउन सहयोग गरेको भन्दै उनीमाथि प्रश्न उठाउँदै आएका थिए ।
गत वर्ष कांग्रेस–एमालेको गठबन्धन बन्नेवित्तिकै उपसभामुखविरुद्ध सत्तारुढ दलहरुले प्रश्न उठाएका थिए । तर उनीहरुले उपसभामुख हटाउन कदम चालेका थिएनन् । एक वर्षपछि अहिले भने दुई दल उपसभामुख हटाउने गरी अघि बढेका नेताहरुले बताएका छन् ।
अहिले प्रतिनिधिसभामा कांग्रेस–एमालेको मात्र दुई तिहाइ बहुमत पुग्दैन । २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ सांसदको समर्थन आवश्यक पर्छ ।
सत्तापक्षमा रहेका दलहरु कांग्रेसका ८८ र एमालेका ७९, जनता समाजवादी पार्टीको ७ जना, जनमत पार्टीका ६ जना, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ४/४ जना सांसद गरी कुल १८८ जना सांसद छन् । कांग्रेसका सांसद मोहनबहादुर बस्नेत र एमालेका टोपबहादुर रायमाझी निलम्बनमा रहेकाले मतदान गर्न पाउँदैनन् । एमालेबाटै निर्वाचित सभामुख देवराज घिमिरेले पनि मतदान गर्न पाउने छैनन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सत्तापक्ष राष्ट्रियसभामा अल्पमतमा परेको छ । त्यसैले उपेन्द्र यादवलाई पुनः सत्ता गठबन्धनमा ल्याउने प्रयास स्वरुप उपसभामुख हटाउन लागिएको सत्ता पक्षका नेताहरुको भनाइ छ ।
हेर्नुस् उपसभामुख हटाउने कांग्रेस-एमालेको तयारीबारे भिडियो रिपोर्ट
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



