उपसभामुखमाथि भट्टराईको गम्भीर आरोप
५ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुखमाथि गम्भीर आरोप लगाएका छन् । उपसभामुख बन्नु अगाडि इन्दिरा राना मगरले नेतृत्व गरेको पीए नेपाल बालबालिकाको अवैध ओसारपसारमा संलग्नताको विषय संसदमा उठाएका हुन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा एमाले सचिव भट्टराईका अनुसार २०७२ साल कात्तिक १७ गते बाल संगठनको सिफल बालगृहबाट पाँच जना बच्चाहरु हराएका थिए । उनीहरु कहाँ गए भनेर खोजी गर्ने क्रममा २०७२ माघ १८ गते एक कर्मचारीले पिए नेपालका मानिसहरुले जबरजस्ति लिएर गएको बयान बाल कल्याण समितिमा दिए ।
त्यो बेला प्रिजनर्स असिस्टेन्ट (पीए) नेपालको कार्यकारी अध्यक्ष इन्दिरा राना थिइन् । यसबारे जाँचबुझ गर्न भनेर सरकारले उच्च अदालतका न्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा आयोग समेत बनाएको थियो ।
आयोगले पीए नेपालमाथि कारबाही गर्न सिफारिस गरिएको भन्ने सुनेको, तर अहिलेसम्म प्रतिवेदन सार्वजननिक नभएको भन्दै उनले भने, ‘त्यो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दछु ।’
उनले उपसभामुखको विदेश भ्रमणमा समेत प्रश्न उठाए । राना मगर उपसभामुख भएपछि १७ पटक विदेश भ्रमणमा गएको र त्यसमध्य ७ पटक मात्रे सभामुखसँग स्वीकृत लिएको भन्दै उनले यो विषयमा जवाफ दिनुपर्ने बताएका छन् ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

