सामाजिक सञ्जालहरु नेपालमा सूचीकरणका लागि सरकारले दियो ७ दिन
११ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालकहरुलाई सूचीकरणमा आउन आह्वान गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल निर्देहिका र सर्वोच्च अदालतको आदेशअनुसार सामाजिक सञ्जाल सञ्चालकहरुलाई जिम्मेवार र जवाफदेही बनाउने निर्णय गरेको हो ।
यसका लागि ७ दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सुचीकरणका लागि सार्वजनिक रुपमा आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।
तो समयमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जालहरुलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने समेत मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
सरकारले गत वर्ष यही निर्देशिका आधारमा टीकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि टीकटक नेपालमा दर्ता भयो । तर अरु सञ्जाल दर्ता प्रक्रियामै आएनन् ।
पछिल्लो पटक सरकारले टेलिग्राममाथि प्रतिबन्ध लगाएको छ । त्यसपछि टेलिग्रामले दर्ताका लागि मन्त्रालयमा आवेदन दिइसकेको छ ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



