रुपन्देही ३ मा रास्वपाको उम्मेदवार डा. थापा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही ३ को उपचुनावका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । आइतबार पार्टी कार्यालयमा सबै आकांक्षीहरुको उपस्थितिमा उम्मेदवार घोषणा गरिएको हो ।
रुपन्देही ३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी थिए । डा. थापासँगै सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी थिए ।
आकांक्षीअरुबीच प्रारम्भिक निर्वाचन भएको थियो । रास्वपा सहमहामन्त्री विपिन आचार्यका अनुसार भदौ १२ र १३ गते भएको प्राइमरीमा १५६७ मत खसेको थियो । तर एउटै डिभाइसबाट धेरै मत खसेको पाइएको थियो । त्यस्ता मतलाई रद्द गरिएको थियो ।
प्राइमरीबाट प्राप्त मतको मतभार ५० प्रतिशत थियो । त्यसभित्र पनि रुपन्देही–३ का पार्टी सदस्यको मतभार ८० प्रतिशत, रुपन्देही ३ बाट विभिन्न समितिमा रहेकाहरुको मतभार १० प्रतिशत र केन्द्रीय सदस्यहरुको मतभार १० प्रतिशत तोकिएको थियो ।
बाँकी ५० प्रतिशत मतभारमध्ये लिडरसिप एकेडेमीको २५, पोलिटिकल प्रोक्सिमिटीको २० र समावेशीताको ५ प्रतिशत थियो ।
तर आइतबार उम्मेदवार घोषणा गर्दा डा. थापाले कति मत वा अंक पाएका हुन् भन्ने घोषणा गरिएन । अरुको मत/अंक पनि सार्वजनिक गरिएन ।
बरु उम्मेदवार घोषणा गर्ने दिन विहान उम्मेदवारका आकांक्षीहरुले नख्खु कारागार पुगेका सभापति रवि लामिछानेलाई भेटेका थिए । दिउँसो कार्यबाहक सभापति डीपी अर्याल पनि लामिछानेलाई भेट्न पुगेका थिए ।
रास्वपाबाट उम्मेदवार बनेका डा. थापा पेशाले न्यूरोसर्जन हुन् । लामो समय न्यूरो अस्पताल, बाँसबारीमा काम गरेका उनलाई डा. उपेन्द्र देवकोटाले विश्वास गरेका डाक्टरका रुपमा हेरिन्थ्यो । पछिल्लो समय उनी महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरमा आवद्ध छन् । उनी भैरहवाका बासिन्दा समेत हुन् ।
२०७९ को चुनावमा उनी नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिकको सूचीमा बसेका थिए । यो पटक टिकट पक्का गरेर रास्वपा गएको नउपाका नेताहरुले बताउने गरेका थिए । यद्यपि रास्वपा नेताहरु यसलाई स्वीकार गर्न तयार छैनन् ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



